इथियोपियामा सरकारद्वारा एकतर्फी युध्दविराम

इथियोपियामा सरकारद्वारा एकतर्फी युध्दविराम

इथियोपिया सरकारले युद्धग्रस्त टिग्रे क्षेत्रमा युद्धविरामको घोषणा गरेको छ । विद्रोही लडाकूले क्षेत्रीय राजधानी मेकेलेमाथि नियन्त्रणको दाबी गरेपछि युद्धबिरामको घोषणा गरिएको हो ।

सेनाले टिग्रीयन विद्रोहीलाई टिग्रे क्षेत्रबाट लखेटेको झण्डै आठ महिनापछि पनि इथियोपियाली सरकारले भएको क्षतिबारे कुनै आँकलन गर्न सकेको छैन ।

द्वन्द्वले त्यस क्षेत्रलाई गहिरो मानवीय संकटमा धकेलेको छ । संयुक्त राष्ट्र संघले इथियोपियामा ५० लाखभन्दा बढी मानिसलाई खाद्यान्न सहायताको खाँचो रहेको बताएको छ । त्यसमध्ये ३ लाख ५० हजारले ठूलो अनिकालको सामना गरिरहेको जनाइएको छ ।

टिप्पणीहरू