पाउरोटीको परिकारका लागि गोली प्रहार

अमेरिकाको टेनेसी राज्यको बर्गर किङमा चिकन स्यान्डविचको लागि गोली हानाहान भएको छ । यसबाट दुई जना घाइते भएका छन् । घटनामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रत्यक्षदर्शीका अनुसार कियोंना हलिबर्तन नामकी युवतीको बर्गर किङका एक जना कर्मचारीसँग चिकन स्यान्डवीचको विषयलाई लिएर प्रारम्भमा सामान्य भनाभन भएको थियो । भनाभन चर्को बहसमा परिणत भएपछि कियोना आफूसँगै रहेका प्रेमी ट्याभारस म्याकिन्नीसँग एकाएक त्यहाँबाट बाहिरिएकी थिइन् ।

तर निस्केको केहीबेरपछि बर्गर किङमा फर्केर अन्धाधुन्द गोली प्रहार गरियो । घटनालगत्तै उनीहरु दुबैलाई प्रहरीले पक्रेर कानुनअनुसार कारबाही अगाडि बढाएको छ । घटना भएको २ हप्ता भन्दा बढी पछि मात्र उक्त रेष्टुरेण्ट खुलेको छ ।

प्रेमी म्याकिन्नी निकै धेरै आपराधिक पृष्ठभूमिका व्यक्ति हुन् । जसलाई सोही राज्यमा नौ वटा मुद्दा लागेको छ । शेल्बी काउन्टीमा मात्रै उनीविरुद्ध १० वटा वारेन्ट जारी भइसकेको छ ।

टिप्पणीहरू