भोलिदेखि झन् खुकुलो भएको उपत्यकाको निषेधाज्ञामा के के भयो खुल्ला ?

भोलिदेखि झन् खुकुलो भएको उपत्यकाको निषेधाज्ञामा के के भयो खुल्ला ?

उपत्यकामा बैशाख १६ गतेबाट जारी निषेधाज्ञा भोलिदेखि झन् खुकुलो भएको छ । स्वास्थ्य मापदण्ड पालना गरेर गत सातादेखि आंशिक रुपमा खुकुलो बनाइएको निषेधाज्ञा थप खुकुलो बनाउन लागिएको हो ।

काठमाडौं, ललितपुर भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले भोलिदेखि लागू हुनेगरी खाद्यान्न, दुध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछामासु, पूजासामग्री, खेलकुदसामग्री, स्टेशनरी तथा पुस्तक पसल र अन्य पसल तथा व्यवसाय बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खोल्न पाइने निर्णय गरेको छ ।

त्यस्तै, टेक अवे वा होम डेलिभरी प्रयोजनका लागि काठमाडौं उपत्यकाभित्रका रेष्टुरेण्टहरु साँझ ७ बजेसम्म, सवारी साधन मर्मतका लागि वर्कशपहरु साँझ ७ बजेसम्म खुल्नेछन् ।

बिबाह तथा व्रतबन्धको हकमा बढीमा १५ जनासम्म र २ वटा सवारी साधन (बेहुला र बेहुली समेत) प्रयोग गर्ने गरी ब्यानरका आधारमा आवतजावत गर्ने दिइने छ ।

निजी सवारी (कार, जीप, भ्यान) बढीमा ४ जना, ट्याक्सीको हकमा बढीमा तीन जना र मोटर साइकल, स्कुटर सबै जोर–बिजोर बमोजिम सञ्चालन हुनेछ ।

सार्वजनिक यात्रु बाहक सवारी साधनको हकमा काठमाडौं उपत्यकाभित्र मात्र सञ्चालन हुने २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक यात्रुवाहक सवारी साधन बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्र सञ्चालन हुने बताइएको छ ।

टिप्पणीहरू