नागरिक समाजसङ्ग विपक्षी गठबन्धनको भलाकुसारी

नागरिक समाजसङ्ग विपक्षी गठबन्धनको भलाकुसारी

पाँच विपक्षी गठबन्धनले नागरिक समाज,लेखक तथा बुध्दिजीवीहरुसँग आज काठमाडौंमा अन्तरक्रिया गरेको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा आयोजित कार्यक्रममा काँग्रेस सभापति शेरबहादुर देउवा,एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थिति थियोे ।

झण्डै ५० जनाको उपस्थिति रहेको अन्तरक्रियामा नेपाल प्राध्यापक संघका अध्यक्ष प्राध्यापक डा.बुध्दबहादुर थापा,नेपाल प्रगतिशील प्राध्यापक संगठनका पूर्व अध्यक्ष प्राध्यापक विजय सिलवाल, इन्जिनियर एसोसिएसनका तर्फबाट इन्जिनियर छविराज पोखरेल, नेपाल बार एशोसिएसनको तर्फबाट हरिहर दाहाल र नेपाल शम्भु थापाले भाग लिनुभएको थियो ।

कार्यक्रममा एमाले नेता भीम रावल,जसपा नेता राजेन्द्र श्रेष्ठ, नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा,महामन्त्री पूर्णबहादुर खड्का,माओवादी नेताहरु देव गुरुङ र पम्फा भुसाल तथा जसपाका नेता अशोक राईले समेत सहभागिता जनाउनुभएको थियो ।

टिप्पणीहरू