सुत्केरी व्यथाले छट्पटाएकी १७ वर्षे गर्भवतीको हेलिकोप्टरबाट उध्दार

सुत्केरी व्यथाले छट्पटाएकी १७ वर्षे गर्भवतीको हेलिकोप्टरबाट उध्दार

-शंकर श्रेष्ठ

चार दिनदेखि सुत्केरी व्यथा लागेर छट्पटाइरहेकी धादिङको गंगाजमुना गाउँपालिका–१ रि गाउँकी सुमिना तामाङलाई आज दिउँसो हेलिकोप्टरबाट उध्दार गरिएको छ ।

स्थानीय स्वास्थ्य संस्थामा सुत्केरी गराउन नसक्ने भएपछि गाउँपालिकाले नै हेलिकोप्टर चार्टर गरी काठमाडौं,थापाथलीको प्रसुतिगृह पुर्याइएको हो । उध्दार गरिएकी गर्भवती १७ वर्षकी हुन् । बच्चा जन्माउन योग्य उमेर नपुगेको र व्यथा लागेको अवधि लामो भइसकेकोले खतराबाट बचाउन हेलिकोप्टर प्रयोग गरिएको गंगाजमुना गाउँपालिकाका स्वास्थ्य संयोजक दिपक अधिकारीले जानकारी दिएका छन् ।

‘११ गते गणेशहिमाल हेल्थ सेन्टरमा पुगेकी रहिछन्,त्यहाँ नभएपछि रि स्वास्थ्य चौकीमा तीन दिन राखियो’ स्वास्थ्य अधिकारीले भने, ‘वर्षातले कच्ची सडकमा एम्बुलेन्स आवतजावत गर्न सम्भव नभएपछि गाउँपालिकाकै खर्चमा हेलिकोप्टर प्रयोग गरी उद्धार गरिएको हो ।’

टिप्पणीहरू