निषेधाज्ञामा मजदुरलाई खाना खुवाउने स्थान खाली गराइयो

निषेधाज्ञामा मजदुरलाई खाना खुवाउने स्थान खाली गराइयो

निषेधाज्ञामा भोकभोकै परेका मजदुरहरुलाई खाना बनाउने र खुवाउने स्थानलाई काठमाडौं महानगरपालिकाले खाली गराएको छ ।

हाम्रो टिम नेपालले अनामनगरस्थित सार्वजनिक जग्गामा निषेधाज्ञाको समय भोकभोकै परेका मजदुरहरुलाई खाना खुवाउने गरेको थियो । त्यहि जग्गाबाट आज सोमवार महानगरपालिकाले हाम्रो टिम नेपाललाई हटाएको हो ।

प्रहरीले बलपूर्वक टिमका सदस्यहरुलाई त्यहाँबाट हटाएको र हाम्रो टिम नेपालले बनाएको टहरा समेत भत्काएको बताइन्छ । काठमाडौं महानगरपालिकाको अनुमति बिना सार्वजनिक जग्गा अतिक्रमण गरी हाम्रो टिम त्यहाँ बसेकाले महानगरपालिकाको आदेशअनुरुप प्रहरीले हटाएको काठमाडौं महानगरपालिकाका नगर प्रहरी दिनेश अर्यालले बताएका छन् ।

त्यसक्रममा प्रहरीले दर्जनबढी स्वयंसेवकलाई नियन्त्रणमा समेत लिएको छ ।

टिप्पणीहरू