कुटपिट र चट्याङ लागेर ३ जनाको मृत्यु

कुटपिट र चट्याङ लागेर ३ जनाको मृत्यु

संखुवासभामा कुटपिटबाट एक जना र महोत्तरीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । संखुवासभाको पाँचखपन नगरपालिका–३, सिरिसे बस्ने ८० वर्षीय आइतबहादुर राईको कुटपिटबाट मृत्यु भएको हो ।

स्थानीय ४३ वर्षीय विष्णु तामाङले शनिबार राति मादक पदार्थ सेवन गरी राईलाई कुटपिट गर्दा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल खाँदबारीमा उपचारको क्रममा सोमबार मृत्यु भएको हो ।

यस्तै महोत्तरीको मनराशिश्वा नगरपालिका–४, सारा टोल बस्ने ५० वर्षीया प्रेमशिला देवीको खेतमा मल छर्ने क्रममा चट्याङ् लागेर सोमबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।

सोही नगरपालिकाको वडा नम्बर ५ कटैया बस्ने ८० वर्षीय विशेश्वर रायको खेतमा भैंसी चराउन गएको अवस्थामा चट्याङ् लागेर सोमबार बिहान घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू