सशस्त्रमा एआईजीपछि अब डीआईजीको पालो

सशस्त्रमा एआईजीपछि अब डीआईजीको पालो

सशस्त्र प्रहरी बलमा सरुवा भएका एआइजीहरुले सरुवाको पत्र बुझेपनि नयाँ बिभागमा सरुवा नभइसकेको बताइन्छ । एआइजी पुष्पराम केसी मानवस्रोत विभागबाट सीमा तथा कार्यविभाग र रामशरण पौडेललाई मानवस्रोत विभागमा लगिएको छ ।

सशस्त्रमा डीआइजीहरुको समेत सरुवाको तयारी थालिएको बताइएको छ । हालै बढुवा भएका कमल गिरी,गणेश ठाडा मगर, कुलबहादुर नेम्वाङ,दुर्गाप्रसाद भट्टराई र शम्भु सुवेदीमध्येबाट काठमाडौं बाहिर सरुवा गर्न लागिएको हो । उनीहरुमध्ये एक जनाले हालै अवकाश पाएका डीआईजी प्रवीणको सुदूरपश्चिम हेर्ने ठाउँमा जिम्मा पाउने पक्का छ ।

डिआईजीहरुको सरुवा असारमै हुनेगरी गृहकार्य थालिएको स्रोतको दाबी छ । यसैबीच कोरोना संक्रमितको संख्या घट्दै गएपछि सशस्त्र प्रहरी बलको बलम्बुस्थित अस्पतालमा बिरामीको चाप स्वाट्टै घटेको छ । पहिले अस्पतालमा बेड पाउन ठूलाबडालाई गुहार्नुपर्ने अवस्था अहिले अन्त्य भएको बताइन्छ ।

टिप्पणीहरू