बिहे गरेको बिर्सेका पुरुषको श्रीमतीसँग फेरि बिहे

बिहे गरेको बिर्सेका पुरुषको श्रीमतीसँग फेरि बिहे

अल्जाइमर अर्थात् बिर्सने रोगका कारण आफू विवाहित रहेको हेक्का गुमाएका एक पुरुषले श्रीमतीसँग फेरि धुमधामसँग विवाह गरेका छन् । यो घटना अमेरिकास्थित कनेक्टिकट राज्यमा भएको हो । ५६ वर्षे पिटर मार्शल केही वर्षदेखि अल्जाइमरसँग संघर्ष गरिरहेका छन् । उनले आफू १२ वर्षदेखि विवाहित रहेको कुरा बिर्संदै आएका थिए ।

गत डिसेम्बरको एक शनिबार साँझ पिटर र श्रीमती लिसा मार्शल मनपर्ने टेलिभिजन कार्यक्रम हेरिरहेका थिए । त्यत्तिकैमा मायालु पाराले हेर्दै पिटरले आफूलाई बिबाहको प्रस्ताव राखेको पत्नी लिसाले सञ्चारमाध्यमहरुलाई जानकारी दिएकी छन् ।

पहिलो पटक पिटरले रोडेआइल्याण्डको यात्राको क्रममा लिसा आफ्नी पत्नी रहेको कुरो नै बिर्सिएका थिए । बेला बेला पिटरले लिसा आफ्नी पत्नी हुन् भन्ने कुरा बिर्सिंदै आफ्नो मनपर्ने व्यक्तिको रुपमा आफैँलाई बोलाउने गरेको लिसाले बताएकी छन् ।

उनीहरुको पेन्सिल्भेनियाको ह्यारिसवर्गमा छिमेकीको रूपमा भेट भएको थियो । ८ वर्षको प्रेम सम्बन्धपछि सन् २००९ मा विवाह गरेका थिए । तर, कडा अल्जाइमरका कारण उनले प्रेम सम्बन्ध त कता हो कता सँधै अंगालो हालेर मायाँ गर्ने श्रीमतीलाई समेत बिर्सेका हुन् ।

टिप्पणीहरू