निषेधाज्ञा अवधिमा रोकिएका पत्रपत्रिकालाई छुट

निषेधाज्ञा अवधिमा रोकिएका पत्रपत्रिकालाई छुट

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यो वर्ष पनि निषेधाज्ञा अवधिको लोककल्याणकारी विज्ञापनवापतको रकम भुक्तानी दिने भएको छ ।

सूचना तथा प्रसारण विभागलाई लेखिएको पत्रमा मन्त्रालयले भनेको छ ‘निषेधाज्ञाका कारण पत्रिका प्रकाशन नभएको अवधिको विज्ञापनसमेत निषेधाज्ञा हटेपछि र प्रकाशन शुरु गरेपछि थप समय,स्थान दिई नियमानुसार विज्ञापन प्रकाशनवापतको रकम भुक्तानी दिइनेछ ।’अघिल्लो वर्षको लकडाउनमा पनि प्रेस काउन्सिल,नेपालले यस्तै निर्णय गराएको थियो । यसले गर्दा वीचमा पत्रिका छाप्न नसकिएका अखवारको संख्या नपुगे पनि काउन्सिलले गर्ने वर्गीकरणमा फरक पर्ने छैन ।

टिप्पणीहरू