एटिएम तोडफोड गर्ने ठाउँको ठाउँ पक्राउ

एटिएम तोडफोड गर्ने ठाउँको ठाउँ पक्राउ

मोरङमा बैंकको एटिएम तोडफोड गर्दै गरेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बूढीगंगा गाउँपालिका–३, टंकी चोकस्थित एनआईसी एसिया बैंकको एटिएम तोडफोड गर्दै गरेको अवस्थामा दुहबी नगरपालिका–९ घर भएका २४ वर्षीय मोहम्मद ईम्तियाजलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

सीआरभी पोष्ट बाँसबारीबाट खटिएको प्रहरी टोलीले उनलाई १ थान ताला फोर्न प्रयोग भएको हथौडा, १ थान पेचकस, १ थान फलामको छिनो र को.३९प ४८६४ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो ।

उक्त कार्यमा संलग्न रही फरार स्थानीय २५ वर्षीय मोहम्मद अनिश हुसेनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू