बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुई वर्षपछि बाँकेमा पक्राउ परेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका–१८,कारकादो बस्ने कैलाली टिकापुर घर भएका ३५ वर्षीय महेन्द्र लोहारलाई आइतबार प्रहरीले समातेको हो । जिल्ला अदालत बाँकेको २०७६ पुस २३ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा आठ दिन कैद र ११ लाख २५ हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो ।

अदालतको आदेशपछि फरार रहेका लोहारलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

टिप्पणीहरू