नेपालीले चाहिँ माथिबाटै नियाले

थाइल्याण्डको पर्यटकीय नगरी पटायाको समुद्रमुनि विश्व चलचित्र इतिहासमै पहिलो पटक ‘अण्डरवाटर बक्स अफिस फिल्म अवार्ड’ सम्पन्न भएको छ । विश्व रेकर्ड राख्ने उद्देश्यसाथ ७० हजार फिटमुनि अवार्ड आयोजना गरिएको आयोजकले जनाएको छ ।
अक्सिजनको माध्यमबाट समुद्रमुनि आयोजित अवार्डमा नौ जना मात्र तल पुग्न सफल भएका थिए भने अन्य कलाकार जान नसकेको आयोजकले जानकारी दिएको छ । नेपालबाट गएका अधिकांश कलाकारले माथिबाटै अवार्ड कार्यक्रम अवलोकन गरेका थिए । अवार्ड समारोहमा दुई दशकदेखि नायक÷नायिकाको डरलाग्दा द्वन्द्वको स्टन्ट दिने द्वन्द्व कलाकार नरेन्द्र केसीलाई अवार्ड प्रदान गरिएको थियो ।
त्यसैगरी, छोटो समयमै नेपाली ठेट शब्द समेटेको टेलिचलचित्र निर्माण गरी दर्शकको मन जितेको भद्रगोलका निर्माता एवं कलाकार सुवास कार्कीलाई हास्यविधामा अवार्ड प्रदान गरिएको थियो । यो वर्षकै सफल चलचित्र ड्रिम्स निर्माण गरेका भुवन केसीलाई कुशल निर्माताको अवार्ड प्रदान गरिएको थियो । पर्दा पछाडिबाट चलचित्र निर्माण क्रममा महत्वपूर्ण प्राविधिक भूमिका निर्वाह गर्ने प्राविधिक एवं निर्माण नियन्त्रक केशव घिमिरेलाई समुद्रमुनि प्राविधिक अवार्डबाट सम्मान गरिएको आयोजकले जनाएको छ । त्यस्तै, सुन्दर श्रेष्ठलाई खलपात्रको अवार्ड प्रदान गरिएको थियो ।

टिप्पणीहरू