भोलिदेखि उपत्यकामा प्रायःसबै खुल्ला

भोलिदेखि उपत्यकामा प्रायःसबै खुल्ला

भोलिदेखि उपत्यकामा सबै खालका पसल खोल्न पाइने भएको छ । साथै,२५ सिट माथिका गाडीसमेत सञ्चालन गर्न सकिने छ ।

आज बसेको काठमाडौ उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको बैठकले जारी निषेधाज्ञा खुकुलो पार्दै भोलिदेखि २५ सिटमाथिका सार्वजनिक बस चल्न दिने निर्णय गरेको हो । तर ती बसले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने छ । सिटमा यात्रुलाई दूरी कायम गरी राख्नुपर्ने मापदण्ड तोकिएको छ ।

गत वर्ष पनि यसैगरी ठूला बस सञ्चालनमा आधा यात्रु मात्र बोक्न पाइने निर्णय गरिएपछि भाडा बढाइएको थियो । ट्याक्सी र ठूला बस सञ्चालनमा ल्याउने निर्णयसँगै मझौला बस,माइक्रोबस र टेम्पो व्यवसायी तथा चालकहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।

उनीहरुले भनेका छन् ‘स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर हामी पनि सवारी साधन सञ्चालन गर्न तयार छौं ।’

टिप्पणीहरू