पृथ्वीसुब्बाको पवित्र प्रयासले देला त परिणाम ?

पृथ्वीसुब्बाको पवित्र प्रयासले देला त परिणाम ?

गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा एमाले केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङले काङ्ग्रेस सभापति शेरबहादुर देउवाभन्दा आफ्नै वरिष्ठ नेता माधव नेपाललाई प्रधानमन्त्री दिनु बेश भन्नुभएकोमा बाहिरबाट धेरै प्रशँशा र भित्रबाट थोरै खप्की खानु परेको छ ।

बालुवाटारमा चर्चा भए पनि अन्तर्वार्तामा उल्लेखित कुरा नेता सुब्बाको निजी धारणा हो,प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको सहमति होइन । उहाँको रवैयालाई नजिकबाट नियालेकाहरू भन्छन्, ‘प्रधानमन्त्री बरु अरु कसैलाई बुझाउन तयार हुनुहोला,सुब्बाले भनेझैँ गर्न तयार हुनुहुन्छ जस्तो लाग्दैन ।’

दुई तिहाईको शक्तिशाली सरकार छ महिनाबीच पाँच जना मन्त्रीमा सीमित भएको छ । तर पनि प्रधानमन्त्री ओलीबाट अभिव्यक्त धारणा र भाषालाई हेर्दा उहाँ एमाले विवाद मिलाउनको लागि आफू एक कदम पछाडि हट्नुहोला भनेर कल्पना पनि गर्न नसकिने गरी घटनाक्रम अघि बढिरहेको देखिन्छ ।

प्रधानमन्त्रीकै कारण उता जसपाका झण्डै एक दर्जन मन्त्रीको हालत चौटा खान गएकाको झोलमा डुबेर जीवन लीला समाप्त भएको भन्दा फरक देखिएको छैन । एउटा राजनीतिक दलको खेमा नै सखाप भएको छ । सामान्यतयाः यस्तो अवस्था खोलामा थापिएको ढडियामा एक हुल माछा परेको बेलामा देखिन्छ ।

टिप्पणीहरू