बाहुनी, दमिनी बटुल्दै हिँड्ने यी नेता

पासाङ शेर्पा डा. बाबुराम भट्टराईको पार्टी ‘नयाँ शक्ति’ का चर्चित नेता हुन् । कहिले एमाले भए, कहिले माओवादी र अशोक राईतिर गए । जनजातिको हित, समावेशी व्यवस्थाको वकालत उनको प्रिय थेगो मानिन्छन् । तर, उनैको घरका हामी सदस्य उत्पीडनमा छौं, चर्को घरेलू हिंसा खेप्न बाध्य छौं । समाज परिवर्तनको चर्को नारा उरालेर हिँड्ने उनैले घरमा स्वास्नी र बालबच्चा हुँदाहुँदै परियार थरकी अर्काकी स्वास्नी गोठैसमेत उठाएर ल्याएका छन् । जबकि पूजा परियारका छोराछोरी पासाङका होइनन् । डिएनए परीक्षण गरी हेर्दा स्पष्ट हुन्छ ।
काभ्रेको फलाँटे–३ बस्ने मसँग पापुङ–५, ताप्लेजुङनिवासी पासाङको वि.सं. ०६३ असार २९ गते बिहे भएको हो । मेरो बाजेको नाउँ भवनाथ खरेल र बाबुको गोपीनाथ खरेल हो भने पासाङ कुशे शेर्पाका नाति र सुधा शेर्पाका छोरा हुन् । पासाङले २०४४ सालमा ताप्लेजुङबाट नागरिकता लिएको नागरिकता नं. १८४ हो । मैले २०६१ सालमा काभ्रेबाट १३१६०० नम्बरको नागरिकता लिएकी थिएँ । हाम्रो छोरी प्रेरणा र छोरा प्रतीक छन् । छोरा प्रतीकको २०६७ साल असार ३ गते काठमाडौं महानगरपालिकामा जन्मदर्तासमेत गराएका थियौं । द.नं. १८६९ को सो जन्मदर्ता प्रमाणपत्रमा स्पष्ट लेखिएको छ, ‘सुधा शेर्पाको नाति, पासाङ शेर्पाकी श्रीमती करिश्मा खरेल शेर्पाको छोरा प्रतीक ।’ प्रमाणपत्रमा अधिकृत धु्रवबहादुर कार्कीको हस्ताक्षर छ ।
हामीले दशैं, ल्होसारलगायत ठूला कुनै चाडपर्व मनाउन र एक जोर राम्रो लुगा लगाउन पाएका छैनौं । घरेलू हिंसाको चर्को मारमा छौं । नयाँ शक्तिका नेता डा. भट्टराईलाई मेरो अनुरोध छ, खराब चालचलन भएका केन्द्रीय नेताबारे छानबिन गरिदिनुस्, दोषीलाई सजायँ र हामीलाई न्याय दिलाइदिनुस् ।
– करिश्मा (अप्सरा) खरेल

टिप्पणीहरू