समिट होटेलमा शुक्रवार नेताहरुको त्यो सल्लाह

समिट होटेलमा शुक्रवार नेताहरुको त्यो सल्लाह

शुक्रवार एमालेको दुबै पक्षका नेताहरूबीच ललितपुरको समिट होटलमा भेटघाट र छलफल भएको खबर एकाएक बाहिर आयो । तर,एकजना नेताले भन्नुभयो ‘छलफल होइन,चिया खान भेट मात्रै गरिएको हो ।’ त्यहाँ उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल जानु भएकै थिएन । गृह मन्त्रालयको पदभार ग्रहण कार्यक्रममा व्यस्त हुनुभएकाले पौडेल नजानुभएको बताइन्छ ।

तर सुवास नेम्वाङ,घनश्याम भुसाल,सुरेन्द्र पाण्डे,गोकर्ण बिष्ट र भीम आचार्यबीच केही बेर भेटघाटसम्म भएको हो । अरुभन्दा भुसाल एक घण्टा ढिलो पुग्नुभएको थियो । भेटघाटमा सहभागी एक जना नेताले भन्नुभयो,‘केही कुरा भएन,एक कप चिया खायौं,फेरि बसौंला भनेर छुट्टियौं ।’

बालुवाटारले यसबीच एमालेको विवाद लगभग मिलिसकेको भन्दै प्रचार गरेको विषय अनौपचारिक रुपमा उठेको बताइन्छ । उताबाट सबै कुरो मिलिसकेको तर भुसालको कारण अन्तिम निश्कर्षमा नपुगेको भन्ने एकोहोरो प्रचारप्रति अर्को पक्षका कमरेडहरूले असन्तुष्टि जनाएको बुझिएको छ ।

शुक्रवारको उक्त भेटमा कर्णालीका चार जना सांसदको पदखारेजी रोकाउने आदेशविरुद्ध एमाले भ्याकेटमा गएको बारे केही पनि उच्चारण नभएको बताइन्छ । अघिल्लो आइतवार बिहान कर्णालीका एमाले नेता प्रकाश ज्वालासँगको फोन सँवादमा नेता सुरेन्द्र पाण्डेले बालुवाटार भ्याकेटमा जाँदैन,ढुक्क हुनुस् भन्नुभएको थियो । तर त्यसो भनेको केही घण्टा नबित्दै सुरेन्द्रहरुसङ्ग गरिएको सहमतिमाथि घात गरियो ।

एमाले भ्याकेट निवेदन लिएर सर्वोच्च अदालत गयो । जबकि एकता वार्तामा नियमित भेटघाट गरिरहनुभएका नेताहरूलाई बालुवाटार पक्षले भ्याकेटमा जाँदैनौं भनेर आश्वस्त तुल्याएको थियो ।

टिप्पणीहरू