विदेशीले मच्चाए बबाल

नेपालमा बसेर करोडौं कमाउने ‘जेमी’ नामको अष्ट्रेलियन नागरिकलाई तुरुन्त पक्राउ गरी कारबाहीको दायरामा ल्याउनुपर्छ । १५ वर्षदेखि ठमेल हुँदै हाल नयाँ बजारको पूरै घर भाडामा लिएर अवैध व्यापार गर्दै आएका जेमीको मतियार हुन्– एक्स्पिडिसन हिमालय ट्रेक उत्तरढोकाका डाइरेक्टर दावा ग्याल्जेन शेर्पा । भूकम्पको मौका पारेर विदेशीसँग लाखौं डलर ठगी अरुले दिएको रकममाथि आफ्नो संस्थाको ब्यानर राखेर फोटो खिच्न पल्किएका यी दलाल कुल्लीबाट एकाएक १० करोडको मालिक कसरी भए ? सम्पत्ति विवरण खोज्न जरुरी छ । उनको ठग्ने संस्था हाई अल्टिच्युड माउण्टेन वर्कर्स वेलफेयर एशोसिएसन हो । एनएमएको सदस्य रहेका शेर्पाले हालै १५ लाख विनियोजित रकममा दुई लाखको मात्र काम गरेर बाँकी सबै झ्वाम पारे । १४ हजारको सामान बाँड्न हेलिकप्टर चढेर गाउँगाउँ पुग्ने यी अहिले रसुवा, खोटाङ, सोलुखुम्बुलगायत जिल्लामा स्कुल बनाउँदैछन् । यसमा करोडभन्दा बढी भ्रष्टाचार भएको सुनिन्छ । देखाउने दाँत ट्रेकिङ कम्पनी मात्रै हो । वर्षेनी एभरेष्ट एक्स्पिडिसन चलाउँदा ग्राहकबाट पचासौं हजार डलर असुल्छन् तर सबै आफू एक्लै चप्काउँछन् । पीडितले कुरा उठाउन खोजे अर्को वर्ष काममा नलाने धम्की दिन्छन् ।
– पीडित कामदार दलुमान योञ्जन

टिप्पणीहरू