कंगोमा नेपाली सेना नांगो

कंगोमा खटिएका मेजर मुनाल बस्नेत बेलुकी ७ बजेदेखि रातको ११ बजेसम्म जाँड खाएर बिहान १० बजेसम्म सुत्छन् । क्याप्टेन मोहनध्वज कार्की नेपालबाट दुई नम्बरी सामान लगेर विदेशीलाई बेची लाखौं डलर कमाउँछन् । अप्रेसन अधिकृत क्याप्टेन जयबहादुर कार्की युएनले स्कुल बनाउन दिएको ठेक्का पूरा गर्न क्याम्पभित्र जवान बस्न बनाइएका घरको जस्ता, प्लाइउड, पानी खाने ट्यांकी भत्काएर सामान लैजाने गर्छन् । क्याप्टेन मनिष कार्की फ्युल कमाण्डर हुन्, हरेक शुक्रबार १२–१६ हजार लिटर फ्युल झिक्छन् र भित्रैको सम्पर्कमा रहेका दोभाषे तथा अली भन्ने मिस्त्रीमार्फत राति–राति पास गराउँछन् । क्याप्टेन डा. भरत खड्का मिसनभरि सधैं पार्टी खाने, क्याप्टेन रेश्मा विदेशीलाई स्वागत गर्ने, डलर कमाउने, नयाँ–नयाँ ठाउँ घुम्ने गर्छन् । पिकनिक गएजस्तो डाक्टरलाई युएन मिसन पूरा मोजमस्ती गर्ने ठाउँ बनेको छ ।
जमदार गोविन्द बस्नेत र क्याप्टेन मनिष कार्कीले जति चैन कसैले गरेको छैन । यी कंगो मिसन १८ औं डफ्फाबाट मालामाल भएका छन् । त्यहाँ भएका भेहिकल पुराना भई काम नदिने हालतमा छन् । यो मिसनको घोटाला पुलिस प्रशासनको भन्दा कम छैन । एउटा गुल्मपति गयो भने पाँच–दश करोड ल्याउँछ, त्यही मिसनमा जाने सिपाहीको हालत के छ ? जमदार गोविन्द बस्नेत क्वार्टरमास्टर खटिएको छ, रासनपानी पूरै बाहिर बेच्छ । विकास निर्माणका मेजर मुनाल बस्नेतले लिएर गएको रामबहादुर थापामगर मिसनभरि खाना मात्रै पकाएर आयो । मेजरसँग कमिसन खायो । उसका चर्तिकला बयान गरेर साध्य छैन ।
– १९ औं डफ्फा मिसन परिवार

टिप्पणीहरू