त्यस्तो ठाउँमा पनि अखाडा ?

रुसी वैज्ञानिकको टोलीले सुदूर उत्तरी धु्रव आर्कटिकमा नाजी सैन्य अखाडा फेला पारेको छ । उत्तरी धु्रवभन्दा एक हजार किमी परको साह्रै चिसो ठाउँ अलेक्ज्याण्ड्रामा नाजीले सन् १९४२ मा खडा गरेको अखडा पत्ता लागेको हो । त्यहाँ पाँच सय प्रकारका सैन्य सामग्री फेला परेको छ । चिसो मौसमका कारण कतिपय हतियार बिग्रनसमेत पाएको छैन । रुसले त्यहाँ सन् २०१८ भित्र स्थायी सैन्य शिविर खडा गर्दैछ ।

टिप्पणीहरू