स्याङ्जामा प्रहरी इन्काउण्टरमा चितुवा ठहरै « Jana Aastha News Online
Logo
१२ माघ २०७८, बुधबार
|  Wed Jan 26 2022
Logo
१२ माघ २०७८, बुधबार
|  Wed Jan 26 2022

स्याङ्जामा प्रहरी इन्काउण्टरमा चितुवा ठहरै

प्रकाशित मिति :  १३ असार २०७८, आईतवार १९:००


स्याङ्जामा चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन् । गल्याङ नगरपालिका–७, तोलातुङका ३८ वर्षीय लालबहादुर बिक आज चितुवाको आक्रमणबाट घाइते भएका हुन् ।

गल्याङ नगरपालिका–७, फाँटस्थित खड्कबहादुर गाहाको खोरमा चितुवा पसेर ८ वटामध्ये ३ वटा बंगुर मारेको थियो । त्यसपछि आइपुगेको प्रहरी टोलीलाई देख्नेबित्तिक्कै चितुवाले अचानक खोरबाट निस्केर ५० मीटर टाढा रहेका बिकलाई आक्रमण गरेको थियो ।

आक्रमणलगत्तै बिकलगायत अन्यको जीवन रक्षा गर्न सबडिभिजिन वन कार्यालयका कर्मचारी र स्थानीय जनप्रतिनिधिको रोहवरमा चितुवालाई गोली प्रहार गरिएको बताइन्छ । गोली प्रहारबाट ढलेको चितुवालाई वन कार्यालयको जिम्मा लगाइएको थियो ।

त्यसपछि प्रहरी र जनप्रतिनिधिको रोहबरमा गल्याङ नगरपालिका–३, स्थित नर्सरी वन कार्यालयको कम्पाउण्डभित्र खाडलमा पुरेर व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । घाइते बिक गल्याङ नगर अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन् ।


प्रतिक्रिया दिनुहोस !