कमरेडको विवादले सँसद चलाउनै कठिनाइ

कमरेडको विवादले सँसद चलाउनै कठिनाइ

बजेटबारे छलफल नै शुरु गर्न नसकेको कर्णाली प्रदेशसभाको बैठक १८ गतेसम्मलार्इ स्थगित भएको छ।

नेकपा एमालेले आफ्नो संसदीय दलले निलम्बन गरेका तीन जना सांसद बैठकमा प्रवेश गरेको भन्दै बिरोध जनाएपछि आजपनि बैठक कार्यसूचिमा प्रवेश नगरी स्थगित भएको हो ।

प्रदेशसभा बैठकमा एमालेबाट निलम्बित भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही,उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र भौतिक एवम शहरी विकास मन्त्री अम्मरबहादुर थापा सहभागी भएपछि एमालेले आपत्ति जनाएको हो।

बैठकको शुरुमै एमाले संसदीय दलका नेता यामलाल कंडेलले सर्वोच्च अदालतको आदेशअनुसार उहाँहरू एमालेको सांसद भएको बताउँदै पार्टीको निर्देशन नमानेपछि निलम्बन गरिएको बताउनुभयो । सभाभित्रको बसाइ व्यवस्थापन गर्न आवश्यक रहेको भन्दै उहाँले आफूहरुको राजनीतिक माग सम्बोधन नभएसम्म बैठक बिषयवस्तुमा प्रवेश गर्न नसक्ने बताउनु भएको छ ।

एमालेका सांसदहरू लगातार उठेर बिरोध गरेपछि सभामुख राजबहादुर शाहीले आउँदो १८ सम्मलार्इ बैठक स्थगित भएको बताउनुभयो । गत असार एक गते बजेट पेश भएपनि त्यसपछि लगातार बैठक अवरुद्ध हुँदा बजेटमाथिको छलफल शुरु हुन सकेको छैन ।

टिप्पणीहरू