कर्णाली करिडोर र कालिकोटमा बाटो रोकिएको कथा

कर्णाली करिडोर र कालिकोटमा बाटो रोकिएको कथा

सान्नी त्रिवेणी गाउँपालिका–१ भौरेकुनामा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । निकै ठूलो सुख्खा पहिरो आएका कारण राजमार्ग अवरुद्ध भएको हो ।

सुख्खा पहिरो निरन्तर खस्दा यातायातका साधन चल्न नसकेको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले बताउनुभयो ।कर्णाली राजमार्गमा एक हप्ताभन्दा बढी समयदेखि धेरै ठाउँमा पहिरो गएको थियो । कर्णाली करिडोर कालिकोटको खुलालु–हुम्ला सडकमा वर्षातले बाटो बिगारेको हो।

कर्णाली करिडोरअन्तर्गत कालिकोटको नरहरिनाथ गाउँपालिका–१ लालीघाट,सान्नी त्रिवेणी गाउँपालिकाको भौरेकुना, रेगिंल,कोट,आमतडा,पचालझरना गाउँपालिकाको भुराबगर–जारकोट र बाजुराको करिडोरको सडक खण्डमा पहिरो गएको छ।

यता प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले करिडोर क्षेत्रका विभिन्न ठाउँमा पहिरो गएका कारणले सडक अबरुद्ध भएको भन्दै पन्छाउनका लागि पहल भइरहेको बताउनुभयो। उहाँले पहिरो पन्छाउने साधन नहुँदा समस्या भएको भन्दै चाँडै सडक सञ्चालन गर्ने तयारी गरेको बताउनुभयो।

करिडोरमा सवारी साधन नचल्दा खाद्यान्न तथा अत्याश्यक वस्तुको ढुवानी रोकिएको छ।

टिप्पणीहरू