जसले सात वटा सहकारीबाट पौने करोड सुइँक्याए « Jana Aastha News Online
Logo
१० माघ २०७८, सोमबार
|  Mon Jan 24 2022
Logo
१० माघ २०७८, सोमबार
|  Mon Jan 24 2022

जसले सात वटा सहकारीबाट पौने करोड सुइँक्याए

प्रकाशित मिति :  १३ असार २०७८, आईतवार १६:५१


काठमाडौंको विभिन्न स्थानमा रहेका सात वटा सहकारी संस्थाबाट नगद र गर–गहना चोर्ने एक जना पक्राउ परेका छन् । भिन्दाभिन्दै मिति र समयमा काठमाडौंका सहकारीहरुमा चोरी गरेको अभियोगमा नुवाकोटको बेलकोट नगरपालिका ९ घर भई हाल जोरपाटी बस्ने २२ वर्षका दिपक गजुरेललाई प्रहरीले हिजो नियन्त्रणमा लिएको हो ।

गौशालामा शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा गजुरेलले सहकारीमा चोरी गरेको रहस्य खुलेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेशकुमार बस्नेतले बताउनुभएको छ ।
उनको साथबाट सिसा काट्ने मेसिन १ थान,मास्टर साँचो १ थान, घटनामा प्रयोग भएका विभिन्न कपडा र विभिन्न बैंकको खातामा नगद जम्मा गरेको रसिदहरु समेत फेला परेको छ ।

गजुरेलले २०७७ माघ १५ गते बानेश्वरस्थित बेबिलोन उपभोक्ता सहकारी संस्थाबाट ७ लाख २ हजार ६ सय ३६,२१ गते शंखमूलस्थित घर संसार उपभोक्ता सहकारी सँस्थाबाट २ लाख २४ हजार ९५,फाल्गुन १३ गते गौशाला मित्रपार्कस्थित पञ्चश्री बचत तथा ऋण सहकारी संस्थाबाट १४ लाख ९८ हजार ४ सय ७० चोरेका थिए ।

त्यसैगरी फागुन १४ गते कोटेश्वरस्थित सिमश स्वामी बचत तथा ऋण सहकारी संस्थाबाट २ लाख,चैत्र ४ गते बानेश्वरस्थित सन्दुक बचत तथा ऋण सहकारी संस्थाबाट १० लाख १३ हजार ६ सय २५, जेठ १३ गते मैतिदेवीस्थित ज्येष्ठ आइडोलोजी बचत तथा ऋण सहकारी संस्थाबाट ५ लाख १ थान मोबाइल र १ थान ल्यापटप चोरेको देखिन्छ ।

उनले त्यहि दिन मैतिदेवीस्थित गौँथली बचत तथा ऋण सहकारी संस्थाबाट २ लाख ५८ हजार ५ सय र ९ तोला सुनको गरगहना गरी ४३ लाख ९७ हजार ३ सय २६ नगद, ९ तोला सुन र १ /१ थान मोबाइल र ल्यापटप चोरेको पत्ता लागेको हो ।


प्रतिक्रिया दिनुहोस !