दुलही खोज्न अर्कै देश

योग्य बेहुली नपाएपछि चिनियाँ धनाढ्य युवकहरु साइबेरिया पुग्न थालेका छन् । रुसको तेस्रो ठूलो शहर नोभोसिबिस्र्कमा म्यारिज ब्युरो खोलेर बसेकी इलिना सुभोरोभाले भ्रमणको व्यवस्था मिलाउने गरेकी छन् । गत वर्ष ६ जना चिनियाँलाई साइबेरिया पु¥याएर २५ युवतीलाई छनोट गर्न लगाएकी थिइन् । पहिलो भ्रमण सफल भएपछि दोस्रो–तेस्रो टोली पनि पठाइसकेकी छन् । बेहुली खोज्न रुस पुग्ने अधिकांश चिनियाँ २५ देखि ४६ वर्ष उमेरका बेइजिङ, हङकङ, सांघाइ र सेन्झेन निवासी हुन् । चिनियाँहरुले यतिखेर गोरो छाला र खैरो आँखा भएका युवती मन पराउन थालेका छन् । पछिल्लोपटक इलिनाले एकैचोटि सय जना चिनियाँलाई निमन्त्रणा दिएकी थिइन् ।

टिप्पणीहरू