म्वाइ खान लाइन लाग्दै महिला

बियर उत्पादन गर्ने एउटा चिनियाँ कम्पनीले कर्मचारीबीच ऐक्यबद्धता बढाउने नाउँमा अचम्मको थिति बसालेको छ । बेइजिङको तोङचाउ जिल्लास्थित सो कम्पनीले महिला कर्मचारीले दिनहुँ हाकिमलाई म्वाई खानुपर्ने नियम बनाएको छ । म्वाई खान बिहानको ९ देखि ९.३० को समय छुट्याइएको छ । सिसिटिभीले प्रसारण गरेको श्रव्यदृश्यमा हाकिमको ओठमा म्वाई खान महिला कर्मचारी लाम लागेर बसेका छन् र एकएक गरी म्वाई खान अघि बढ्छन् । श्रव्यदृश्य प्रशारण भएको पहिलो दिनमै १ करोड १० लाखले सो समाचार हेरे । धेरैले ‘विकृत हाकिम, विकृत कम्पनी’ भनेर टिप्पणी गरे भने महिला महासंघले कार्यालयमा महिलामाथि हुने यौनजन्य हिंसाको चरम रुप हो भनी विरोध गरेको छ । उक्त कम्पनीमा आधा कर्मचारी महिला छन् ।

टिप्पणीहरू