बिजुलीको तारमा लुगा सुकाउँदा ज्यान गयो

बिजुलीको तारमा लुगा सुकाउँदा ज्यान गयो

जाजरकोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । नलगाड नगरपालिका–१० की २३ वर्षीया रमिता धियारको करेन्ट लागेर हिजो साँझ अबेर मृत्यु भएको हो ।

घर नजिकै बिजुलीको लत्रिएको तारमा कपडा सुकाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको नगर अस्पताल आठबिसकोट,रुकुम पश्चिममा उपचारको क्रममा मृत्यु भएको हो ।

उनलाई बचाउने क्रममा करेन्ट लागेर घाइते भएका स्थानीय २५ वर्षीया प्रमिला धियार र ६५ वर्षीया बेलु धियारको अहिले सोही अस्पतालमा उपचार भइरहेको छ ।

टिप्पणीहरू