श्रीमानहरु सामु धृतराष्ट्रले पुत्रमोहमा आँखा चिम्लिएको उदाहरण

श्रीमानहरु सामु धृतराष्ट्रले पुत्रमोहमा आँखा चिम्लिएको उदाहरण

वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले संविधानको धारा ७६ (५) अनुसार,सांसदलाई दलको ह्वीप नलाग्ने र त्यतिबेला ऊ स्वतन्त्र हुने टिप्पणी गर्नुभएको छ ।

“७६ को १,२,३ दलको हो भने (५) सांसदको अधिकार हो ।”,टी ब्रेकअगाडि खरेलले भन्नुभयो ।

“जसरी धृतराष्ट्र पुत्रमोहमा परेर दुर्याेधनका हरेक गलत कृयाकलापलाई साथ दिए,उसैगरी राष्ट्रपति विद्यादेवी भण्डारीले पनि प्रधानमन्त्री ओलीको हरेक गलत क्रियाकलापलाई साथ दिँदै संवैधानिक दायित्वबाट चुक्नुभएको छ”,खरेलले अझै जोड दिएर भन्नुभयो-सर्वोच्चले १४६ जनाको समर्थन रहेका शेरबहादुर देउवालाई ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त गर्नु भनेर परमादेश जारी गर्नु पर्छ,अदालतले विघटनबारे मात्र होइन,राष्ट्रपति र प्रधानमन्त्रीको कामबारे पनि बोल्नुपर्छ ।

 

टिप्पणीहरू