सबै धारा एक ब्यक्तिका निम्ति बरदान होइन ।

सबै धारा एक ब्यक्तिका निम्ति बरदान होइन ।

वरिष्ठ अधिवक्ता सबिता भण्डारीपछि अधिवक्ता वसन्त गौतमले बहस गर्नुभयो । उहाँले सँविधानले स्वेच्छाचारी, व्यक्तिवादी,अहंकारी अधिकार राष्ट्रपति र प्रधानमन्त्रीलाई नदिएको तर्क गर्नुभएको छ ।

अब संविधानविद् भीमार्जुन आचार्यको बहस प्रारम्भ भएको छ । उहाँले ओली मात्र प्रधानमन्त्री बन्नुपर्छ,अरु बन्न सक्दैनन् भन्ने व्यवस्था संविधानले नगरेको बताउँदै हुनुहुन्छ । भन्नुहुन्छ-संविधानको धारा ७६ का सबै उपधाराअनुसार केपी ओली मात्र प्रधानमन्त्री बन्नु पर्छ,अरु बन्न सक्दैनन्, पाउँदैनन् भन्ने त संविधानले व्यवस्था गरेको छैन ।

उहाँले संविधानको धारा ७६ (५) को प्रधानमन्त्री बन्नका लागि पद रिक्त हुनैपर्ने,धारा ७६ (५) मा जान ७६ (४) लाई छल्नै नमिल्ने जिकिर गर्नुभयो ।

संविधानको धारा ७६ (४) म्यान्डेटोरी नै हो,यसलाई छलेर अगाडि बढ्दा प्रक्रिया नै गलत भयो ।

पद रिक्त नगरी बदनियतका साथ नयाँ सरकार गठनको आह्वान भएको र एउटै कार्यकालमा संविधानको धारा ७६ को १ देखि ६ सम्मका सबै उपधाराअनुसार केपी ओली मात्र प्रधानमन्त्री बन्ने संविधानले परिकल्पना नगरेको तर्क राख्नुभयो ।

टिप्पणीहरू