महिलालाई जम्मा ५ मीनेट ? अदालतको अपमान ?

महिलालाई जम्मा ५ मीनेट ? अदालतको अपमान ?

विघटनबिरुध्द दायर भएको रिटउपर आजको सुनुवाइ प्रारम्भ भएको छ । रिट निवेदक शेरबहादुर देउवा निकट कानुन व्यवसायीको तर्फबाट जम्मा २ घण्टा ३५ मीनेट समय बाँकी छ । अस्ति बुधबारदेखि संवैधानिक इजलाशमा बहस जारी छ । बहसका लागि १२ घण्टाको समय पाएका रिट निवेदकतर्फका कानून व्यवसायीले आज बहस सक्नेछन् । अहिले अधिवक्ता सविता भण्डारीले बहस प्रारम्भ गर्नुभएको छ ।

उहाँ रिट निवेदकको तर्फबाट बहस गर्ने पहिलो महिला अधिवक्ता हुनुहुन्छ । उहाँका लागि जम्मा ५ मीनेटको समयमात्र छुट्याइएको थियो । कम समय दिएपछि प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराले प्रश्न गर्नुभयो-यो त इजलासलाई जिस्काएजस्तो भएन र ?

भण्डारीले बहसका क्रममा १४९ जना प्रतिनिधिसभा सदस्यको समर्थन लिएर गएका शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त नगर्नुमा राष्ट्रपतिको बदनियत लुकेको जिकिर गर्नुभएको छ ।

यसअघिका वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की,महादेव यादव, शम्भु थापा,गोविन्द शर्मा बन्दी, खम्बबहादुर खातीले गत बुधबार बहस गर्नुभयो भने बिहिवारको पालो पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठ,हरिहर दाहाल,मिथिलेशकुमार सिंह,हरि उप्रेती,शेरबहादुर केसी, बोर्णबहादुर कार्की,गान्धी पण्डित र खगेन्द्र अधिकारीको थियो,अस्ति शुक्रवार श्रीहरि अर्याल,दिनमणि पोखरेल,सुनिल पोखरेल, टीकाराम भट्टराई,पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधान र गोपालकृष्ण घिमिरेले बहस गर्नुभयो ।

रिट निवेदकका तर्फबाट बहस गर्नका लागि २ सय ६२ कानुन व्यवसायीले वकालतनामा बुझाएका थिए ।

संवैधानिक कानुनका ज्ञाता मानिने चन्द्रकान्त ज्ञवाली,भीमार्जुन आचार्य,पूर्व राष्ट्रपति रामवरण यादवको निजी सचिव रहिसकेका ललितबहादुर बस्नेतसम्मले आज बहस गर्नुहुनेछ ।

यता रिट निवेदकतर्फबाट कानुन व्यवसायी २ सय ६२ जना बहस गर्न तयार हुँदा सरकारी पक्षबाट नाम टुंगो लागिसकेको छैन ।

टिप्पणीहरू