मुर्गा बनाउनेहरूको महिमा

नेपाली सिने क्षेत्रमा मुर्गा हन्टिङ अब कुनै नौलो विषय रहेन । कुनै धनाढ्य मुर्गालाई फसाएर निर्माता बनायो । सोही चलचित्रमा आफू नायिका बन्यो । यस्तो मुर्गा फसाउनमा माहिर छिन् गुमनाम नायिका पूजना प्रधान । रेखा थापासँगै डेब्यु गरेकी पूजनाले कहिले रामेछापका पुष्पराज पौडेलहरूलाई मुर्गा बनाइन् । उनै पौडेलको लगानीमा सोलो हिरोइन मात्र होइन, निर्मात्रीसमेत बनिन् ।
पुरानो बानेश्वर, राममन्दिरनजिक जय संगत नामक आश्रम खोलेर संसारमा पुरुष र स्त्री दुई जात मात्र छ भन्ने मान्यतासाथ पूजना प्रधान रातारात पूजना स्त्री बनिन् । प्रकारान्तरमा पुष्पराजको सम्पूर्ण सम्पत्ति रोक्का भयो । जब पुष्पराज सडकमै पुग्नेगरी पछारिए त्यसपछि पूजना अर्काे मुर्गाको खोजीमा लागिन् । पूजना फिल्मस् नामक निर्माण कम्पनीमा केशव तामाङ, प्रीतिमाया गुरुङ र हङकङवासी खेलाडी खुसी गुरुङलाई पार्टनर बनाइन् । तर, चलचित्रले पानी पिउन पाएन । यिनै पूजना यसपटक निर्देशक नवल नेपाललाई अगाडि लगाएर नयाँ चलचित्र निर्माण गर्न लागेको हल्ला पिटाउँदै हिँडेकी छन् तर गतिलो मुर्गा नभेट्दा चलचित्रको नाम अझै जुराउन सकिएको छैन । यता, पूजना भन्दै हिँड्न थालेकी छन् ‘तिहारपछि छायांकनको तयारी गर्दै छु । चलचित्र प्रेम कथामा आधारित हुनेछ ।’

टिप्पणीहरू