ओलीलाई अझै पनि काम लाग्ला यो उपाय

ओलीलाई अझै पनि काम लाग्ला यो उपाय


आफूलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संस्करणकै रुपमा पेश गर्न चाहनुहुने प्रधानमन्त्री केपी ओलीले मोदीले अपनाएको एउटा शैली अनुशरण गर्दा आजीवन उहाँकै भलो हुने शुभचिन्तकहरुले सुझाव दिएका छन् ।

संसदीय व्यवस्थालाई अध्यादेशले जर्जर बनाउँछ भन्ने सल्लाह सुनेपछि मोदीले कहिल्यै संसद छलेर कुनै कानुन ल्याउनुभएन । बरु वैचारिक रुपमा आफूभन्दा भिन्न भए पनि यस्तो महान अर्ति दिने नेतालाई भारतको सर्वोच्च सम्मानबाट विभूषित गरिदिनुभयो ।

इन्दिरा गान्धीको क्याबिनेटमा पनि मन्त्री चलाएका र राजिव गान्धीसँग कुरा नमिल्दा बंगला कांग्रेस बनाएका नेता हुनुहुन्थ्यो प्रणव मुखर्जी । मनमोहन सिंहलाई गभर्नर र राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पनि बनाउने भद्र नेता मुखर्जी कंग्रेस (आई) बाट राष्ट्रपति हुँदा अतिवादी नरेन्द्र मोदीले प्रधानमन्त्री जितेपछि एक दिन सल्लाह दिँदै भन्नुभयो, ‘तपाईंसँग लोकसभामा बहुमत छ । राज्यसभामा पनि भइहाल्छ । जे गरे पनि संसदबाट कानुन बनाएर गर्नुहोला । अध्यादेशबाट नगर्नुहोला । यदि त्यसो भयो भने तपाईं र मेरो दूरी बढ्छ ।’

हुन पनि मोदीले पहिलो कार्यकालमा कुनै पनि अध्यादेश नै ल्याउनु भएन । बरु, प्रणवलाई भारतको सर्वोच्च ‘भारतरत्न उपाधि’ दिइयो । जबकि, १० वर्षे प्रधानमन्त्री मनमोहन सिंहले भारतरत्न पाउनुभएको छैन ।

नेपालमा पनि राष्ट्रपतिले मध्यरात प्रधानमन्त्रीका लागि आफ्नो ढोका खुला राखेर संसद विघटन गर्नुको सट्टा उपधारा ३ बाट भएन भने ४ मा जानुस् भनेर सुझाव दिनुपथ्र्यो । त्यसो नगरी राति नै संसद विघटन गरिदिँदा देश अन्यौलतामा पुगेको छ ।

शायद, यस्तो भएर होला अहिले बालुवाटारमा भेटघाट गर्ने मान्छेहरुको आवतजावत घटेको छ । अर्थात्, प्रधानमन्त्री आफ्नाबाटै टाढिनुभएको बताइन्छ । अरुका कुरा नसुनेर, संसद छल्दै एकपछि अर्को अध्यादेश ल्याउँदा केसम्म हुनसक्दो रहेछ दिनदिनै देखिन थालेकै छ ।

टिप्पणीहरू