छोराले बुबाको गर्धन छिनाले

छोराले बुबाको गर्धन छिनाले

खोटाङमा एक छोराले आफ्नै पिताको निर्मम हत्या गरेका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ सोल्माका २८ बर्षीय सुबर्ण राईले आफ्नै बुबाको हत्या गरेका हुन् । आज आइतबार बिहान पौने ५ बजे उनले बुबा ७२ बर्षीय चन्द्रबहादुर राईलाई गर्धनमा खुकुरी प्रहार गरेका थिए ।

बाबु मार्ने छोरालाई प्रहरीले सोही वडाको अल्छेढुंगाबाट पक्राउ गरेको छ । हत्या गरेको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी टोली खटिएको थियो । राईले आफ्नै बाबुको गर्धनमा खुकुरी प्रहार गर्नु पर्ने कारण खुलेको छैन ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू