माछा खाने बानी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की माछाको सोखिन रहेछन् । साह्रै माछा खानुपर्ने । सबैभन्दा मनपर्ने डिस नै माछा । त्यही माछा खाने बानीले गर्दा अहिले आपत छ । स–सानो माछा खाँदासम्म त ठिकै थियो । केही समस्या थिएन । ठूलो माछा खाने सुर कसेपछि समस्या शुरु भयो ।
खानै नहुने माछा खाने विचार गरेपछि हुने यही हो । ठूला माछाहरू जम्मै मिलेर उल्टो उनलाई पो जालमा पारेछन् । माछालाई जालमा पार्नुपर्नेमा उल्टो माछाले जालमा पारेछन् । अब हेरौँ, माछाले लोकमानलाई खाने हो कि लोकमानले माछा खाने हो !

टिप्पणीहरू