रूखबाट लडेर र डुबेर बालकहरुको मृत्यु

रूखबाट लडेर र डुबेर बालकहरुको मृत्यु

संखुवासभा पाँचखपन नगरपालिका–६ माथिल्लो स्वाङगे का ६५ बर्षीय लीलाबहादुर कटुवालको रुखबाट लडेर मृत्यु भएको छ । शनिवार साँझ साढे ६ बजे घर नजिकै बारीमा दुधिलोको रुखमा घाँस काट्ने क्रममा लडेर गम्भिर घाइते भएका उनलाई उपचारको लागि वाना प्राथमिक स्वास्थ्य केन्द्र लैजाने क्रममा मृत्यु भएको थियो ।

यसैगरी झापा गौरादह नगरपालिका– ४ मैदानघुपाका गोपाल भट्टराईको छोरा २ बर्षीय संयोग भट्टराईको कुलोमा डुबेर मृत्यु भएको छ । शनिबार बेलुका घर अगाडि पैनीमा खेल्ने क्रममा उनी अचानक डुबेर घाइते भएका थिए । घाइते बालकलाई उपचारको लागि उनकै बुबाआमाले गौरादहस्थित ममता मेडिकलमा ल्याई उपचार गर्दागर्दै मृत्यु भएको हो । घटनाबारे अनुसन्धान गर्न प्रहरी कार्यालय दमकबाट खटिएको छ ।

टिप्पणीहरू