“धोका पनि नदिने,मन पनि नदिने”

“धोका पनि नदिने,मन पनि नदिने”

विपक्षी गठवन्धनका नेताहरुले संविधान र लोकतन्त्रको रक्षार्थ दीर्घकालीन सहकार्य अघि बढाइएको दाबी गरेका छन् । आज दिउँसो सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा गठवन्धनमा आवध्द पाँच राजनीतिक दलका शीर्ष नेताहरुले अहिले लोकतन्त्र, संविधान र राष्ट्रियतामाथि संकट निम्तिएकाले दीर्घकालीन रणनीतिका साथ अघि बढेको बताएका हुन् ।

गठवन्धन निर्माणको पृष्ठभूमि र त्यसको भविश्यका बारेमा पत्रकारहरुलाई आश्वस्त पार्दै नेताहरुले मुलुकलाई संवैधानिक तथा राजनीतिक संकटबाट बचाउन लोकतान्त्रिक आन्दोलनका शक्तिहरु एकै ठाउँमा उभिएको र त्यसले निरन्तरता पाउने बताए । प्रधानमन्त्री केपी ओलीले राष्ट्रपतिलाई साथमा लिएर लोकतन्त्र,संविधान र राष्ट्रियतामाथि लगातार प्रहार गरेकाले त्यसविरुद्ध वाम-लोकतान्त्रिक गठवन्धन बनेको शीर्ष नेताहरुको भनाइ छ ।

‘म त ५ वर्ष नै प्रधानमन्त्री बन्ने अफर आउँदा पनि छोडेको मान्छे हो । मैले धेरै पटक प्रधानमन्त्रीको दौडमा छैन भन्दै आएको पनि छु। माधवजीले पनि प्रधानमन्त्रीको अफर छोडेकै हो । यसपटक देउवाजीले पनि आफैँ बन्नुपर्यो भन्नुभएको होइन । हामीले उहाँलाई तपाईं बन्नुपर्यो भनेका हौँ ।”

आपसी विश्वास दिलाउँदै नेताहरुले एकअर्कालाई धोका नदिने बाचासमेत गरेका छन् । विगतका उदाहरण दिँदै सञ्चारकर्मीहरुले गठवन्धनमा विश्वासको संकट आउन सक्नेतर्फ प्रश्न तेर्स्याएपछि उनीहरुले धोका नहुने वाचा गरेका हुन् । लोकतन्त्र र संविधानको पक्षमा विगतमा सँगै आन्दोलनको नेतृत्व गरेकाले अहिले पनि एक ठाउँमा उभिएको नेताहरुले बताएका छन् ।सो क्रममा नेताहरुले एकले अर्काको भूमिकाको प्रशंशासमेत गरे । काङ्ग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले वरिष्ठ नेता माधव नेपाललाई पार्टीभित्रको अप्ठेरोका बीच पनि लोकतन्त्र र संविधानको पक्षमा उभिएको भन्दै प्रशंशा गरेका थिए ।

‘केपी ओलीसँग लचिलो भएर सम्झौतामा अडिग नहुनु मेरो कमजोरी हो । मेरो मन अलि उदार छ,छिट्टै भावुक पनि हुन्छु । भर्खरै एकता भएको पार्टीमा किन झगडा निम्त्याउनु भनेर छाडिदिएको हुँ,’

नेपाललाई ओली पक्षले प्रधानमन्त्रीको अफर गर्दा पनि आफ्नो अडानबाट बिचलित नभएको भन्दै देउवाले लडाकु मित्र भएको बताए । देउवाले नेता नेपाललाई गठवन्धनबाट कुनै धोका नहुने वाचा नै गरेको सुनियो । नेता नेपालले पनि आफूमा धोका दिने प्रवृत्ति नभएको भन्दै अदालतको हस्ताक्षर फिर्ता नहुने सार्वजनिक जवाफ दिए ।

देउवाबाट गणतन्त्र र संविधानको आन्दोलनमा प्रचण्डको भूमिकाको पनि खुलेर प्रशंशा भयो । नेता नेपाल र प्रचण्डले देउवालाई प्रधानमन्त्री बनाउन आफूहरुले नै प्रस्ताव गरेको प्रष्ट पार्दै सरकारको नेतृत्व पाउने शर्तमा काँग्रेस ओलीविरोधी मोर्चामा आएको भन्ने भनाइको खण्डन गरेका थिए ।

“अहिले पनि म अदालतले संविधान र कानुनअनुसार निर्णय गर्छ भन्छु । संसद पुनर्स्थापना हुन्छ । शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ भन्छु । भोलि अदालतले यहि फैसला गर्यो भने सेटिङ्ग भन्न मिल्छ ?’

सभापति देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री ओलीको कार्यकर्ताको भूमिकामा सीमित भएको आरोप लगाएका छन् । राष्ट्रपतिले संविधानको संरक्षण र पालन गर्नुपर्नेमा ओलीको कार्यकर्ता बनेर एकपक्षीय काम गरेको देउवाको दावी छ ।‘राष्ट्रपतिले हदभन्दा बढी ओलीको कार्यकर्ताजस्तो भएर काम गर्नुभयो,नेताले भनेको कुरा पनि कहिलेकाँही कार्यकर्ताले मान्दैन तर उहाँले कार्यकर्ताकै भूमिका निभाउनुभयो । यो दु:खद कुरा हो’,देउवाको भनाइ थियो ।

‘कस्ता कस्ता मन्त्री बने । को कोसंग घुँडा टेके देखिएकै छ । “

प्रधानमन्त्री अदालतले बनाउने कि संसदले भन्ने प्रश्न उठेको भन्दै देउवाले राष्ट्रपतिले संविधानविरुद्ध काम गरेपछि अदालत जानुपरेको बताए । धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका लागि १४९ सांसदको हस्ताक्षरसहित दाबी पेश गर्दा पनि राष्ट्रपतिले संविधान मिचेर मध्यरात संसद विघटन गरेपछि अदालत जानु परेको देउवाको प्रस्टोक्ति छ ।

राष्ट्रपतिले आफूलाई द्विविधा परेको भए सनाखत गराउन सक्ने भएपनि त्यसो नगरिएकोमा देउवाको असन्तुष्टि रह्यो । ‘राष्ट्रपतिले आव्हान गर्नुभयो । हामीले १४९ जनाको हस्ताक्षरसहित बुझायौं । उहाँले हेर्नुभयो । दुई जनाकै दाबी पुगेन भन्नुभयो । उहाँले सनाखत गराउन सक्नुहुन्थ्यो नि ! संसदीय व्यवस्थामा सबैले गर्ने यहि हो । तर उहाँले त्यसो नगरी मध्यरात विघटन गर्नुभयो । उहाँले गरेको काम गलत भयो । अब अदालतले त्यसको व्याख्या गर्छ’,देउवाको भनाई यस्तो थियो ।

संविधानमा लेखिएअनुसारको माग गर्दा पनि राष्ट्रपतिले ओलीको कार्यकर्ताको रुपमा प्रस्तुत भएर संविधान मिचेको उनको अर्को जिकिर रह्यो । ‘ओली त अधिनायकवादी सोच भएका मान्छे हुन् । राष्ट्रपतिले पनि संविधान मिच्ने काम गर्नुभयो ।’ राष्ट्रपतिले गलत व्याख्या गरेकोले त्यसलाई करेक्सन गरेर सच्याउन अदालत गएको भन्दै देउवाले संविधानको रक्षा अदालतले नै गर्ने विश्वास ब्यक्त गरे ।

ओलीको अधोगति शुरु भयोनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान मिच्ने प्रवृत्तिविरुद्ध संघर्षमा होमिएको विपक्षी गठवन्धन कुनै हालतमा नटुट्ने दाबी गरेका छन् । मुध्द्दामा आधारित भएर गठवन्धन बनेकाले यसको भविष्य लामो भएको उनको भनाइ छ ।

प्रधानमन्त्री पदका लागि गठवन्धन गरेको भन्ने आरोपको खण्डन गर्दै उनले अहिलेको लडाइँ प्रधानमन्त्री प्राप्तिको लागि नभई लोकतन्त्र र संविधान बचाउनका लागि भएको बताए ।

‘हाम्रो लडाइँ प्रधानमन्त्रीका लागि होइन । प्रष्ट हुनुहोला । प्रधानमन्त्री भैहाल्न पाए,छिटो सरकार बनाइहाल्न पाए भन्नेमा हामी कोहि पनि छैनौँ । लामो संघर्षपछि बनेको संविधानमाथि प्रहार भएको छ । देशलाई नै अन्धकारमा धकेल्ने दुष्प्रयास भैरहेको छ । हाम्रो संघर्ष त्यसका विरुद्ध हो । संविधानको रक्षा गर्न सकिएन भने देश नै अप्ठेरोमा जाने भएकाले एकै ठाउँमा उभिएका हौँ’,उनले बताए ।

प्रचण्डले लोकतान्त्रिक मूल्य र मान्यतामाथि प्रधानमन्त्री ओलीले नाङ्गो प्रहार गरेकाले त्यसलाई सच्याउन संसद् पुनर्स्थापना र सरकार गठनको कुरा जोडिएर आउने उल्लेख गरे ।

‘म त ५ वर्ष नै प्रधानमन्त्री बन्ने अफर आउँदा पनि छोडेको मान्छे हो । मैले धेरै पटक प्रधानमन्त्रीको दौडमा छैन भन्दै आएको पनि छु। माधवजीले पनि प्रधानमन्त्रीको अफर छोडेकै हो । यसपटक देउवाजीले पनि आफैँ बन्नुपर्यो भन्नुभएको होइन । हामीले उहाँलाई तपाईं बन्नुपर्यो भनेका हौँ । त्यसैले हाम्रो लडाइँ प्रधानमन्त्री बन्नका लागि होइन । संविधानको रक्षाका लागि हो । लोकतन्त्र र परिवर्तन बचाउनका लागि हो’, प्रचण्डको भनाइ थियो ।

नेकपाको एकता र विभाजनसम्मको परिस्थितिबारे बोल्दै प्रचण्डले ओलीले सहमति कार्यान्वयन नगर्दा पार्टी विभाजनमा पुगेको बताए । आफूले पार्टी एकताका लागि हदैसम्मको लचकता अपनाएको तर ओलीले सहमति विपरित काम गर्न थालेपछि विभाजनमा पुगेको उनको भनाइ छ ।

‘केपी ओलीसँग लचिलो भएर सम्झौतामा अडिग नहुनु मेरो कमजोरी हो । मेरो मन अलि उदार छ,छिट्टै भावुक पनि हुन्छु । भर्खरै एकता भएको पार्टीमा किन झगडा निम्त्याउनु भनेर छाडिदिएको हुँ,’उनको भनाइ यस्तो पनि रह्यो ।

अस्ति धादिङमा आफूले बोलेको कुराबारे प्रष्ट पार्दै प्रचण्डले संविधानअनुसार नै सर्वोच्चले फैसला गर्छ भन्नु कुनै सेटिङ्ग नहुने बताए । अहिले पनि म अदालतले संविधान र कानुनअनुसार निर्णय गर्छ भन्छु । संसद पुनर्स्थापना हुन्छ । शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ भन्छु । भोलि अदालतले यहि फैसला गर्यो भने सेटिङ्ग भन्न मिल्छ ?’ अस्तिको कुरा पनि त्यहि हो’,प्रचण्डले प्रष्ट पार्न खोजे ।

प्रचण्डले ओलीको अधोगति शुरु भएको पनि ठोकुवा गरे । सबैतिरबाट कमजोर भएपछि ओलीले राजावादीहरुसंग गठवन्धन गर्नुपरेको प्रचण्डको टिप्पणी छ । उनले भने, ‘कस्ता कस्ता मन्त्री बने । को कोसंग घुँडा टेके देखिएकै छ । हामी त लोकतन्त्र,गणतन्त्र र संविधानका लागि लडेका अनुहार एकै ठाउँमा छौं ।’

प्रचण्डले एमालेको खास नेता माधव नेपाल नै भएको पनि बताए । पछिल्लो समय केपी खस्किंदै गएको र माधव नेपाल उठ्दै आएको प्रचण्डको भनाइ छ ।

ओलीले गठवन्धन फुटाउन प्रयास गरेको दाबी

एमाले वरिष्ठ नेता माधव नेपालले प्रतिगमनविरुद्ध आफू एमालेको बिद्रोही नेताको रुपमा गठवन्धनमा सहभागी भएको बताए । उनले केपी ओली व्यक्तिका विरुद्ध नभई प्रवृत्तिका विरुध्द लडेको पनि प्रस्ट्याए ।

प्रधानमन्त्री ओलीमा सत्ता,शक्ति र पैसाको उन्माद बढेकाले तानाशाही बनेको नेता नेपालको भनाइ छ । ओलीले एकछत्र सम्राट बन्न खोजेका कारण नेकपा विभाजन भएको भन्दै उनले अहिले एमाले पनि विभाजनको नजिक पुग्नुमा ओली नै जिम्मेवार रहेको दाबी गरे ।

पार्टीभित्र मौलाएको ओली प्रवृत्तिको असर अहिले लोकतन्त्र र सिंगो मुलुकमा समते परेकाले पार्टीभित्रको लडाइँ बाहिर आएको नेता नेपालले बताए ।

नेकपामा हुँदा ओलीले प्रचण्ड र आफूलाई जुधाउन खोजेको भन्दै उनले अहिले गठवन्धनलाई फुटाउन प्रयासरत गरेपनि सफल नहुने ठोकुवा गरे ।

‘यो व्यक्तिगत लडाइँ झगडा होइन, केपी ओलीमा गलत चिन्तन छ, गलत प्रवृत्ति छ । उनले राइटिष्ट कोएलिशन बनाएका छन् । हाम्रो संघर्ष उनीसँग होइन प्रवृत्तिसंग हो’,नेता नेपालले भने ।

ओलीलाई सुधार्न नसकिने निचोड निकालेरै आफू गठवन्धनमा सहभागी भएको भन्दै उनले आपसी विश्वास र वैचारिक मान्यतामा अडिएकाले गठवन्धन नटुट्ने बताए ।

पत्रकारहरुले शरीर यता,मन उता हो भनेर सोधेको प्रश्नको जवाफमा नेपालले मन यता,शरीर उता भएको जवाफ दिए । उनले आफू धोका दिने मान्छे नभएको भन्दै अदालतमा बुझाएको हस्ताक्षर फिर्ता नहुने प्रष्ट पारेका थिए ।

टिप्पणीहरू