कोरोनाको निर्मम आक्रमण जारी,आज ३० को ज्यान गयो

कोरोनाको निर्मम आक्रमण जारी,आज ३० को ज्यान गयो

कोरोनाबाट आज ३० जनाको ज्यान गएको छ । २ हजार १६ जनामा संक्रमण पुष्टि भएको छ भने ४ हजार ९ सय १४ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ४ पीसीआर तथा ४ हजार ८ सय ६ एन्टिजेन गरी ९ हजार ८ सय १० जनामा परीक्षण गरिएको थियो ।

आज संक्रमित हुने भन्दा २ हजार ८ सय ९८ जना निको भएका छन् । त्यस्तै, मुलुकभर ४४ हजार ५ सय १८ जना सक्रिय संक्रमित रहेका छन् ।

परीक्षणको संख्या घटेपनि संक्रमित र मृत्यु हुनेको दर र संख्यामा पछिल्लो केही सातादेखि फरक पाइएको छैन । संक्रमित र निधन हुनेको संख्या दिनहुँ उस्तै देखिएको छ ।

टिप्पणीहरू