गर्मीका बेला बिजुली घट्ने

गर्मीका बेला बिजुली घट्ने

नेपाल विद्युत प्राधिकरणले भाेलि असार १३ गतेदेखि १९ गतेसम्म विद्युत कटौती हुनसक्ने जनाएको छ ।

आजै एक सूचना प्रकाशन गर्दै प्राधिकरणले राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी आयोजनालाई राष्ट्रिय प्रशारण लाइनमा जोड्न लागिएकोले खिम्ती-लामोसाँघु १ सय ३२ केभी प्रशारण लाइन बन्द हुने जनाएको हो ।

सो प्रशारणलाइन बन्द भएपछि विध्युत आपूर्तिमा कमि हुने छ । यसबाट ढल्केबरदेखि कोहलपुरसम्मका सबस्टेशनबाट बिद्युत आपूर्ति हुने क्षेत्रका औद्योगिक ग्राहकहरूका लागि छोटो समयका लागि असर पर्ने छ ।

निर्धारित समय अगावै प्रशारण लाइन जोड्ने काम सकिए सोहीअनुसार बिद्युत आपूर्ति गरिने जनाइएको छ । यसैबीच कुलेखानी जलाशयको पानी प्रयोग गरी बिद्युत कटौती कम गर्ने प्रयास पनि प्राधिकरणले थालेको जनाएको छ ।

टिप्पणीहरू