विदेशमा पनि नेपाली बाँडिए

बेलायतमा बस्दै आएका नेपालीले दशैं मनाए तर चाडबाडमा पनि उनीहरूबीच एकता देखिएन । नेपाली पूर्व गोर्खाली परिवार र गैर गोर्खालीमा विभाजित छन् । विस्तारै गैरगोर्खाली नेपाली छायामा पर्दै छन् । दशैं समारोह पहिला–पहिला जस्तै विभिन्न कार्यक्रम गरी मनाइएको छ । तर, पहिलाको तुलनामा ब्राम्हण–क्षेत्रीको सहभागिता उल्लेखनीय देखिएन । यसबारे सर्वसाधारण नेपालीले टिप्पणी गर्न चाहेनन् । तर, जताततै राजनीति घुसेको प्रस्ट छ । बेलायत, युरोपेली युनियनबाट पछि हट्ने सवालमा पनि नेपालीबीच फरक–फरक मत पाइन्छ ।
ब्रिटेनले युरोपियन युनियनबाट हट्ने तयारी थालेको छ । जनमत संग्रहको परिणामपछि यहाँको राजनीति अझ जटिल बन्दै गएको छ । किनभने प्रधानमन्त्रीलगायत धेरैभन्दा धेरै स्वतन्त्र राजनीतिज्ञ हट्ने पक्षमा थिएनन् र अझै छैनन् । खासगरी इंग्ल्याण्ड र वेल्सका बहुसंख्यक मतदाता युरोपेली युनियनबाट निस्कनु पर्ने पक्षमा देखिए भने उत्तरी आयरल्याण्ड र स्कटल्याण्डका मतदाता विपक्षमा उभिए । युरोपेली युनियनमा रहिरहनुपर्छ भन्ने विचारका पक्षधर स्कटल्याण्डका प्रधानमन्त्री लगायतले मध्यस्थताको प्रयास नगरेका हैनन् । त्यसैले ब्रिटेनका धेरै जनता यसैकारण खुशी हुन सकिरहेका छैनन् । नेदरल्याण्ड, फ्रान्स र जर्मनीको आमचुनाव पनि नजिकिँदै छ । यहाँ पनि युरोपेली युनियनबाट निस्कनुपर्छ भन्ने मत प्रचुर छ । युरोपका अन्य मुलुकले यसको दोष ब्रिटेनमाथि नै थोपर्न थालेका छन् र ब्रिटेनविरोधी भावना बढ्दैछ ।
– टिमोथी ओलिभर हिभर
 

टिप्पणीहरू