विपक्षी गठबन्धन के गर्दैछ ?

विपक्षी गठबन्धन के गर्दैछ ?

विपक्षी गठबन्धनका पाँच राजनीतिक दलले पछिल्लो राजनीतिक घटनाक्रमसँगै गत पुस र माघ महिनामाझैँ विरोध प्रदर्शन गर्ने योजना बनाए पनि मौसम र महामारीले साथ दिएको छैन ।

वर्षायाम शुरु भएसँगै मुलुकका विभिन्न भागमा बाढी र पहिरोको प्रकोप शुरु भएको छ । सँगसँगै कोरोनाको दोस्रो लहरको संक्रमणदर पनि नघटेको अवस्थामा विपक्षी गठबन्धनले सशक्त जनप्रदर्शन गर्नसक्ने अवस्था नरहेको हो ।

तर, माओवादी केन्द्रकी नेतृ पम्फा भुसालले भने अवस्थालाई मध्यनजर गर्दै ‘सिम्बोलिक’ प्रदर्शनको तयारी गरिएको बताउनुभएको छ । भुसालले मौसम र महामारीलाई मध्यनजर गर्दै तत्काल ठूलो जनप्रदर्शनमा नजाने सोचमा नेतृत्व रहेको उल्लेख गर्नुभयो ।

आवश्यकताअनुसार सञ्चार क्षेत्रसँग नियमित भेटघाट गर्ने क्रममा अस्ति गठबन्धनले सम्पादकहरूलाई बोलाएको थियो । त्यहि क्रममा आज दिउँसो पनि संसद भवनको ल्होत्से हलमा प्रेस मिट बोलाइएको उहाँले जानकारी दिनुभयो ।

टिप्पणीहरू