तीन बन्दुकसहित तीन जना पक्राउ

तीन बन्दुकसहित तीन जना पक्राउ

प्रहरीले तेह्रथुम लालीगुराँस नगरपालिका-१ भुल्केबाट तीन थान भरुवा बन्दुकसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही गाँउका ३५ बर्षीय मनोज गुरुङ,३४ बर्षीय प्रेम गुरुङ र ३६ बर्षीय रामबहादुर गुरुङ रहेका छन् । हिजो दिउसो सवा १ बजे प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई बन्दुक बोकेर हिँडिरहेको अवस्थामा फेला पारेको थियो ।

प्रहरीलाई देख्नासाथ भाग्न खोजेका उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।

टिप्पणीहरू