जिस्क्याएरै छाड्ने हो त जापानलाई ?

मित्रराष्ट्र जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित धुलिखेलदेखि सिन्धुलीमाडी हुँदै बर्दिबाससम्मको सडक सरकारी लथालिंग नीति भताभुंग चालाको कारण फोहोर फ्याँक्ने डंगुरमा परिणत हँुदै गइएको छ ।
नेपालथोक–धुलिखेल ५० किलोमिटर सडक स्थानीयको अतिक्रमणले नाजुक बनिसकेको छ भने करिब ९० किलोमिटर दूरीमा भइरहेको अतिक्रमण र फोहोरले सडक दिनदिनै कुरूप बन्दै जान थालेको छ ।
सिन्धुलीमाडी खुर्कोट खण्डअन्तर्गत चियाबारी ढुंग्रेभञ्ज्याङ क्षेत्रमा सडकलाई सुन्दर बनाउन विभिन्न सरकारी कार्यालयले सरसफाइ र फूल रोप्ने, गोडमेल गर्नेजस्ता कार्यक्रम सञ्चालन गरे पनि प्रमुख जिल्ला अधिकारीको अदल–बदलपछि सो काम रोकिएको छ ।
बिपी राजमार्गमा सवारीसाधनमाथि टाइम कार्ड प्रणाली लगाइएपछि चियाबारी पिपलभञ्ज्याङ, ढुंग्रेभञ्ज्याङलगायत स्थानमा रोकिने सवारीसाधनका यात्रुले फोहोर फ्याँक्दा सडकमा दुर्गन्ध फैलिएको छ ।
फुटपाथे पसलका कारण सुन्दर बिपी राजमार्ग कुरूप बन्दै जान थालेको छ ।
पहाडी, भित्री मधेस र तराईको भरपूर आनन्द लिन पाउने हुनाले पनि बिपी राजमार्ग पर्यटकीय गन्तव्यको सडक बनेको हो । बनेपा—सिन्धुली—बर्दिबास सडकबाट यात्रा गर्दा समय र भाडासमेत कम लाग्छ ।
– शंकर सौगात

टिप्पणीहरू