लागूऔषधसहित ६ जना प्रहरी नियन्त्रणमा

लागूऔषधसहित ६ जना प्रहरी नियन्त्रणमा

झापामा प्रहरीले लागूऔषधसहित छ जनालाई नियन्त्रणमा लिएको छ । झापा गाउँपालिका–२, झापा बजारबाट ७ ग्राम ३ सय मिलिग्राम ब्राउनसुगरसहित स्थानीइ ३२ वर्षीय विशाल मडी तथा बाह्रदशी गाउँपालिका–२, जनता बजारबाट १६ ग्राम ५ सय ३० मिलिग्राम ब्राउनसुगरसहित सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–६ का २७ वर्षीय प्रशान्त विक्रम थापा पक्राउ परेका हुन् ।

प्रहरीले मडीलाई शुक्रबार बिहान तथा थापालाई हिजो बेलुका पक्राउ गरेको बताइएको छ । थापालाई भारतबाट नेपालतर्फ आउँदै गरेको मे.८प १६४ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उक्त पदार्थसहित पक्रेको हो ।

मोटरसाइकल चालक भने हाल फरार भएका छन् । मोटरसाइकलसँगै अर्को सवारी साधनमा सवार अन्य चार जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको बताइएको छ ।

टिप्पणीहरू