सेनाका अर्का जर्नेललाई फुली थप

सेनाका अर्का जर्नेललाई फुली थप

पुराना प्राय: सबै प्लेन र हेलिकप्टर ग्राउण्डेड हालतमा पुगेको नेपाली सेनाले नयाँ किनिएका र मर्मत गरेर चलाउन लायक केही जहाजहरुको काम हेर्नेगरी आशिषनरसिंह राणालाई आज दुई तारे जर्नेलको फुली लगाइदिएको छ ।

अस्कल क्याम्पसबाट साइन्स पढेका राणा फिक्स्ड विङ्ग जहाज उडाउने पाइलट हुन् । यो क्षेत्रका दक्ष मानिने सुबर्ण बिष्टलाई लखेटिएपछि अब सेनाको हवाई महानिर्देशनालयमा राम बोहोरा र आशिष हर्ताकर्ता हुनेछन् ।सेनाभित्र राणालाई जहाजको इन्जिनजस्तै जीब्रो निरन्तर चलिरहने तर बेलामा उचित निर्णय लिन नसक्ने पाइलट भनेर चिनिन्छ । उनलाई सोमवार ७ गतेको क्याबिनेट बैठकले बढुवा दिएकोमा आज सेनापति पूर्णचन्द्र थापाले दर्ज्यानीचिन्ह लगाइदिएका हुन् ।

टिप्पणीहरू