सबैलाई अचम्मित पार्ने अद्वितीय आविष्कार,मानव जीवन थप सहजतातिर (भिडियाेसहित)

संसारमा सबैलाई अचम्मित पार्ने गरी नयाँ नयाँ आविष्कारहरु भइरहेका छन् । विश्वव्यापी कोरोना महामारीको समयमा खोप लगाउन अब मानव नर्स वा स्वास्थ्य कार्यकर्ताको आवश्यकता नपर्ने भएको छ । त्यसका लागि खोप लगाइदिने रोबोटको आविष्कार गरिएको छ । महामारीको बेला रोबोटले कोठा कोठामा गएर मान्छेलाई खोप लगाउन थालेको बताइन्छ ।

यस्तै धुवाँ फ्याँक्ने साइकल, टेम्पोजस्तै स्कुटर,तीन पाङ्ग्रे मोटरसाइकल जस्ता आविष्कारहरु झन् हेर्दै अचम्म र चाखलाग्दा देखिन्छन् । यहि क्रममा संसारमा यस्तो फोनको आविष्कारसमेत गरिएको छ जुन हेर्दा हल्का पेय पदार्थको क्यान जस्तो देखिन्छ । तर त्यसबाट फोनले गर्ने सबै काम गर्न सकिन्छ ।

अपाङ्गता भएका व्यक्तिको लागि अति नै उपयोगी हुने विशेष ह्वीलचेयरको समेत आविष्कार भएको छ । त्यसबाट अपाङ्ग भएका व्यक्तिहरुलाई परम्परागत शौचालयमा जाँदाका दुःख हटेको छ ।

यस्तै घरेलु काम तथा वाह्य कामलाई सहज बनाउन विभिन्न आविष्कार भएको छ । सोफा सफा गर्नेदेखि ठूला गाडी उठाउनेसम्मका आविष्कारले यसअघि नै मानवीय दैनिकीलाई सहज बनाइसकेको छ । त्यसबाट समयको बचतका साथै सुरक्षित र भरपर्दो समेत हुने पुष्टि भइसकेको छ ।

टिप्पणीहरू