नदीमा डुबेर र लडेर २ को मृत्यु

नदीमा डुबेर र लडेर २ को मृत्यु

सिरहा र सिन्धुपाल्चोकमा नदीमा डुबेर एक एक जनाको मृत्यु भएको छ । सिरहाको कर्जन्हा नगरपालिका–१, स्थित उत्राईनी नदीमा नुहाउने क्रममा डुबेर एक तथा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३, बोल्देस्थित एमलीङ हाईड्रो पावरमा काम गर्ने एक वृद्धको लडेर मृत्यु भएको छ ।

धनुषाको क्षिरेश्वर नगरपालिका–५ का १८ वर्षीय अस्गर अन्सारीको नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । ८/९ जनाको समूहमा नदीमा नुहाउने क्रममा अन्सारी डुबेर बेपत्ता भएकोमा खोजी गर्ने क्रममा पछि नदी किनारमा उनको शव फेला परेको हो ।

जुगल गाउँपालिका–३ बोल्देस्थित एमलीङ हाईड्रो पावरमा काम गर्ने ६५ वर्षीय लोकबहादुर तामाङको एक तलामाथि छानाबाट लडेर मृत्यु भएको छ ।हाईड्रो पावरको भत्किएको अफिस कोठाको छानाको जस्ता निकाल्ने क्रममा छानाबाट करिब २० मिटर तल व्रह्मायणी खोलाको किनारमा खस्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

टिप्पणीहरू