जबरजस्ती करणी गर्ने २ पक्राउ, एक भागे

जबरजस्ती करणी गर्ने २ पक्राउ, एक भागे

झापा र पर्सामा जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । त्यस्तै हर्कत गर्ने एक जना फरार भएका छन् ।

झापाको अर्जुनधारा नगरपालिकामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही नगरपालिका वडा नम्बर ३ का ४५ वर्षीय काजी भन्ने लोकबहादुर श्रेष्ठल पक्राउ परेका छन् । उनै बालिकालाई बलात्कार गर्ने अर्का ४८ वर्षीय अर्बिन भनिने ओम घतानी भने बेपत्ता भएको प्रहरी चौकी, शनिश्चरेले जनाएको छ ।

यता पर्सामा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पर्सागढी नगरपालिका–७ फुलबरियाका १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

टिप्पणीहरू