पेस्तोलसहित बोर्डरबाट दुई भारतीय नागरिक पक्राउ

पेस्तोलसहित बोर्डरबाट दुई भारतीय नागरिक पक्राउ

सर्लाहीमा एक नाले पेस्तोललगायत पेस्तोलमा लाग्ने म्याग्जिन, गोलीसहित दुई जना पक्राउ परेका छन् । हिजो ब्रम्हपुरी गाउँपालिका–४ स्थित सिमानाबाट उक्त इलाकामा बीओपी त्रिभुवननगरबाट खटिएको टोलीले चेक जाँच गर्ने क्रममा पेस्तोलसहित दुई जना पक्राउ परेका हुन् ।

पक्राउ परेकाहरुको साथबाट एक नाले पेस्तोल १ थान,सोको म्यगजिन २ वटा,राउण्ड २ सहित भारतीय नागरिकलाई नियन्त्रणमा लिइएपछि जिल्ला प्रहरी कार्यालय मलंगवामा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

टिप्पणीहरू