फुटाए फुटाए त्यता पनि फुटाए

‘डेमोक्र्याटभित्र कम्युनिस्ट’ को रूपमा चिनिने  लेखकले लेखक संघलाई टक्कर दिनकै लागि समानान्तर भाषा साहित्य संघ खोलेका छन् ।
रेडियो नेपालको कर्मचारी हुँदाहुँदै  बिबिसी नेपाली सेवामा जागिरे त कहिले लेखक संघको अध्यक्ष बनेका चर्चित साहित्यकार नवराज लम्सालले रेडियो नेपालको  बचाउकै लागि यहाँबाट राजीनामा दिएसँगै श्रवण मुकारुङले कार्यवाहक अध्यक्ष पाए । लम्सालले वियोगी बुढाथोकीलाई हराएर अध्यक्ष पाएका थिए भने महासचिवमा चर्चित रेडियो पत्रकार ठाकुर बेल्वासेलाई हराएका थिए । त्यस्तै,  वरिष्ठ उपाध्यक्षमा मनोज न्यौपानेले पराजय व्यहोरे । लेखक संघको निर्वाचनमा पराजय व्यहोरेका यिनै लेखक भेला भएर हरि अधिकारीलाई अगाडि सारी भाषा साहित्य संघ खोलेका हुन् ।
यसअघि लम्सालले चुनावमा पराजय व्यहोरेका तथा केही अग्रज लेखकसहित असन्तुष्ट २३ जनालाई सल्लाहकार बनाउने योजना बनाएका थिए । तर, ३ महिना नबित्दै राजीनामा ठोकेर हिँडेपछि श्रवण मुकारुङले सल्लाहकारको संख्या घटाएर ११ मा झारिदिए । र, कांग्रेसनिकट लेखक संघको सचिवालयसमेत गठन भयो । यो सबै प्रक्रियाप्रति असहमति जनाउँदै सीमान्तकृत कांग्रेसको रूपमा रहेका हरि अधिकारीहरूले तीर्थ थापाहरूको अग्रसरतामा  नेपाली भाषा साहित्य संघ खोलेका छन् । जसको उद्घाटन केही दिनअघि मात्र देउवाका विश्वासपात्र ज्ञानेन्द्रबहादुर कार्कीले गरेका छन् ।

टिप्पणीहरू