इञ्जिनियरहरुले अहिले सिंहदरबार घेर्ने

इञ्जिनियरहरुले अहिले सिंहदरबार घेर्ने

आज विभिन्न जिल्लाका इञ्जिनियरहरुले सिंहदरबार घेर्ने भएका छन् । ललितपुर र अनामनगर गरी दुई ठाउँबाट निस्कने विभिन्न जिल्लाका इञ्जिनियरहरुको टोलीले आज बिहान ११ बजेबाट सिंहदरबार घेर्न लागेका हुन् ।

ललितपुरको केन्द्रीय आयोजना कार्यान्वयन इकाइबाट अविनाश अमरको नेतृत्वमा १६ जिल्ला र अनामनगरबाट जोहन श्रेष्ठको नेतृत्वमा १५ जिल्लाका इन्जिनियरले सिंहदरबार घेर्न लागेका हुन् ।

ललितपुरबाट निस्किने जुुलुशमा ललितपुर,सिन्धुली,नुवाकोट, काठमाडौँ,रामेछाप,ओखलढुंगा, काभ्रे, खोटाङ, चितवन, म्याग्दी, नवलपरासी, सोलुखुम्बु, तनहुँ, धनकुटा, गोरखा र रसुवाका इञ्जिनियरहरु हुनेछन् ।

अनामनगरबाट सिंहदरबार घेर्न निस्किने इञ्जिनियरहरु धादिङ, अर्घाखाँची, बाग्लुङ, सिन्धुपाल्चोक, भोजपुर, दोलखा, गुल्मी, कास्की, लमजुङ, मकवानपुर, पाल्पा, पर्वत, संखुवासभा, स्याङ्गजा र भक्तपुरका हुनेछन् ।

टिप्पणीहरू